Thursday 22nd January 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३५


बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ।
आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ।

दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग,
जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ।

बदलाको भाव राखी,जो कोहिलाई पिलाउन,
अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ।

बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि,
माया पिरतिको मुल्य, न मोलेकै जाती लाग्छ।

तिल जत्रो समस्यालाई, पहाड भन्दा ठुलो बनाइ,
नचाहिँदो कुरा गाउँमा, न ढोलेकै जाती लाग्छ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गाउँपालिका,८ भुम्लुटार,काभ्रेपलान्चोक
(रचना: २०७८ फाल्गुन १७ मंगलबार)


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...