Thursday 2nd April 2026

शोभा आचार्य गौतमका ६ षड्ऋतुहरू


षडऋतु
सहर

यो कस्तो सहर
बाध्यता हरुमा
दिन रात एकै
अनगिन्ती ईच्छा
सग सगै लिई
दौडिरहेछ उ ।

बिहान चराको
आवाज सुनेर
ब्यक्तिका बाध्यता
सङ्ग सङ्गै साथ
दिदै एकोहोरो
प्रस्तुत हुदैछ ।

विभिन्न जिल्लाका
ब्यक्तिहरुको उ
कर्म थलो बन्दै
आबस्यक पूरा
गर्न लागि पर्दै
साथ दिएकैछ।

दिदैछ उ साथ
धुलो , धुवा खादै
चिसोको सिरेटो
गर्मिको पसिना
नभनी सहेर
पछ्याई रहेछ।

सहर त नाम
तर केगर्नु खै
आ आफ्नै ब्यस्तता
बिच सन्नाटामा
प्रदर्शित गर्न
लागिपर्दैछ उ।

दुरि छैन यहाँ
घना बस्ती बिच
तैपनि संचार
कति कमि ओहो
कोशौ दुर जस्तै
बन्दैछ सहर।

-शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

प्रतिकृयाहरू
...