Wednesday 7th October 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३४


भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ?
यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो।

अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने,
न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो ।

घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले,
आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल्‌ छ तिम्रो?

रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ,
अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो ?

जति मै हुँ बन सानु, समयले धोका दिँदा,
बलियो त्यो भाग्य पनि,आफ्से-आफ गल्छ तिम्रो ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गा.पा ८, भुम्लुटार,काभ्रेपलान्चोक ।
(रचना: २०७८ फाल्गुन ०९ सोमबार )


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...