Thursday 2nd May 2024

देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछु- मन्त्री प्रेम आले


संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन्।

उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए। उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु। मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु।’

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए। उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे। बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे।

आफूलाई पटक-पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए। सो अडियो पूर्ण सत्य नभएको उनले प्रष्टिकरण दिए। मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ…

प्रतिकृयाहरू
...