Sunday 5th May 2024

क्यानडालाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश


नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले  १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो  । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए  । कुशल मल्लले एक विकेट लिगेका थिए  । ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाएका थिए

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । मंगलबार फाइनल प्रबेसका लागि नेपालले  यूएईसँग भिड्ने  छ ।

 


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...