Friday 13th March 2026

क्यानडालाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश


नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले  १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो  । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए  । कुशल मल्लले एक विकेट लिगेका थिए  । ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाएका थिए

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । मंगलबार फाइनल प्रबेसका लागि नेपालले  यूएईसँग भिड्ने  छ ।

 


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...