Saturday 4th April 2026

कुशल र दीपेन्द्र चम्किदा नेपालले १३६ रनले फिलिपिन्सलाई हरायो


आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको  ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय   र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए  ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर  ८२ रन मात्रै बनाउन सफल भएको  थियो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका  थिए । उता आज मात्रै  डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिएका थिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  २ सय १८ रन बनाएको थियो। आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...