Friday 11th September 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १०


स्रष्टा परिचय
नाम : सीता बिष्ट कार्की
उपनाम: सीबिका
जन्मस्थान : डबका रिब्दिकाेट-७, पाल्पा
बैवाहिक स्थान : पुतलीबजार न.पा.-५,पाैवेगाैडे, स्याङ्जा
बासस्थान : टाेखा न.पा. ९, गाेगबुँ , काठमाडौं
माता : यमकुमारी बिष्ट
पिता : लीलाबहादुर बिष्ट
श्रीमान : भक्तबहादुर कार्की
शिक्षा : एम.पी. ए. , एम.बी.ए, एम.ए., एम. फिल. हाल विध्यावारीधीकोलागि सोधारत
पेशा :प्राध्यापन लिङ्कन कलेज, गाेङ्गबुँ, काठमाडौं
रूचि : अध्ययन, संगीत, साहित्य सिर्जना ।
प्रकाशीत कृतिहरू: आँसुका फूल (२०६७) कविता सङ्ग्रह ,संघार नाघेकाेउज्यालो (२०७३) उपन्यास मीना (२०७४) बालउपन्यास ,
स्पर्श भाव (२०७४) मुक्तक
संग्रह समय छाल (२०७४) हाइकु संग्रह
संघर्षको मैदान (२०७४) गजल संग्रह
कलेज डायरी (२०७४) कविता संग्रह संस्मरणका पाइलाहरू (२०७४) कविता संग्रह
शीलुकाे मनाेविज्ञान (२०७५) बालकथा संग्रह सपना (२०७६) बाल कविता संग्रह
शिकारी बा ( २०७६) बाल कथा संग्रह
सुन्दर हात्ती (२०७६) बाल कथा संग्रह
मीना र शिलुकाे मनाेविज्ञान अंग्रेजी भाषामा समेत अनुवाद भएका छन् ।
सँयूक्त लघुकथा संग्रहहरु
आवद्धता/ संलग्नता संयोजक: पाल्पाली संगम साहित्य विभाग काठमाडौं
अध्यक्ष : बाल साहित्य विकास मञ्च , काठमाडौं अध्यक्ष : षड्ऋतु काव्य समाज नेपाल
सहअध्यक्ष : आधुनिक साहित्य परिषद्, काठमाडाैँ उपाध्यक्ष :गोङ्गबुँ साहित्य समाज, काठमाडौं
काेषाध्यक्ष : भवानी अल्मुनाई एसाेसियसन
आजीवन सदस्य : मानव अधिकार संरक्षण तथा कानूनी अनुसन्धान सेवा,काठमाण्डौ
आजीवन सदस्य : अन्तराष्ट्रिय नेपाली साहित्य समाज काठमाडौं
आजीवन सदस्य : गुञ्जन साहित्यिक संस्था काठमाडौं
आजीवन सदस्य : शिक्षा,स्वास्थ्य तथा साहित्य प्रतिष्ठान ,पाल्पा लगायत एक दर्जन भन्दा बढी साहित्यिक संस्थाहरुमा आवद्ध।

रचना

लघुकथा :प्रेमको अदालत

रातो गुलाफसंग पहेलो लाहुरे फूलको भेट एक वर्ष पहिले पुन्टे नर्सरीमा भएको थियो ।हिजोआज उनीहरु एकआपसमा प्रेमका कुराहरु गरिरहन्छ्न ।आहा रातो गुलाफ सबैको प्रशंसाले थाकेकी छ ।प्रेम दिवसको दिन त झन उस्को खुट्टा भुँइमै हुदैन ।”सयपत्रीले आफ्नो प्यारी मखमलीलाई सुटुक्क भन्यो !
क्या जोडि मिलेको है “मखमलीले भनी ,हेक्का छ त? “सयपत्री फूलले भन्यो ,।

” तिमी र म जस्तो कहाँ हो र ?”तिहारको बेलामात्र संगै घुम्न पाउने , मखमलिले भनी
रातो गुलाफ र पहेलो लाहुरे फूलहरु एकआपसमा स्वतन्त्र भएर प्रेमका गफ गर्छन् ।
कस्तो कुरा गर्छेउ !”स्वतन्त्र त तिमीलाई पनि छ नि मखमलि “हैन र ?
हामी त फूल हौ ।
सबैलाई समान आँखाले देख्छौ ।
समान व्यवहार गर्छौ ।
न जातीय भेदभाव छ , न धर्मको , न रङ्गको
त्यसैले नओईलाउँदासम्म कहिल्यै शुन्दरता भत्किदैन , कहिल्यै सुगन्ध हराँउदैन , वाह भन्दै रातो गुलाफ बिचमा आएर प्याच्च बोलि ,
तिमीलाई थाहा छ मखमली ! हामिलाई घामले पनि कहिल्यै पोल्दैन , जाडोले लुगलुग काप्दैनौ पानीले पनि भिज्दैनौ ।
अँ अघि के भन्दै थियौ रे मखमली ?म त बिचमै कुरा काटे है ।
त्यही मानिस जातीको कुरा त हो नि
भन त अलि छिटो मलाई हतार छ
अरु केहि होईन पून्टे नर्सरीको मालिक र मालीको छोराछोरीको प्रेम प्रसंगको कुरा हो !
अनि के भो त ,मखमली ?
पुन्टे नर्सरीको मालिकको छोरीलाई त्यहीँ नर्सरीको मालीको छोराले प्रेम गरेको थाहा पाएपछि घरपरिवारले चर्को विरोध गरे ।
भन्दाभन्दै मखमली भक्कान्निएर भनी अब भन्न सक्दिन , नसोध मलाई मखमलिले भनेपछि रातो गुलाफले आँखा रातो पार्दै भनी ,
के प्रेममा जात हुन्छ ?,
के प्रेममा धनको मात हुन्छ ?
के प्रेममा कानुनको घात हुन्छ ?

एक्काशी सयपत्री र पहेलो गुलाफले दाह्रा किट्दै भने “खै कता छ प्रेमको अदालत र प्रेमको न्याय ?
निशब्द भएर सबै फूलहरु आँशु चुहाइरहेका छ्न झिँगा भन्किरहेको प्रेमको अदालत वरिपरि ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...