Saturday 10th January 2026

‘डिस्को किङ’ बप्पी लहरी उर्फ बप्पी दा को ६९ वर्षको उमेरमा निधन


भारतका ‘डिस्को किङ’ले प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको मंगलबार राति मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ । ६९ वर्षका लहरी विगत लामो समय देखि बिरामी परेका थिए । सोमबार मात्रै एक महिना अस्पतालमा उपचार गराएर घर फर्किएका उनलाई पुन: समस्या भएपछि अस्पताल लगिएको थियो ।

सत्तरी र असीको दशकमा धेरै लोकप्रिय गीतहरुको कम्पोज गरेका उनी ‘सिक्रोनाइज डिस्को’ संगीतका लागि चिनिन्थे भने उनलाइ बप्पी लहरी भन्दा पनि “बप्पी दा” भनेर सबैले चिन्दथे ।

उनको लोकप्रिय गीतमा चलते-चलते, डिस्को डान्सर, सराबी कि धूम आदी रहेका छन् । सुनको गरगहना लगाउन निकै सोख रहेको थियो । बप्पीले बलिउडमा मात्रै नभइ हलिउडका फिल्ममा पनि संगित दिएका छन् । बलिउडको संगितलाई डिजिटल बनाउनमा उनको ठूलो योगदान रहेको छ ।

बप्पीले सन् २०१४ देखि राजनीतिमा संलग्न भएका उनी २०१४ मै बीजेपीबाट लोकसभाको उम्मेदवार पनि भए पनि निर्वाचनमा पराजित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...