Wednesday 17th June 2026

कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौं लगायत १७ नयाँ गन्तव्यमा उडान भर्ने


तीतोपाटी – कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने घोषणा गरेको छ । कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर माइन रजाैकीले एक प्रेस विज्ञप्ति जारी गरि काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दएका हुन् । सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार नयाँ गन्तव्य सहित कुवेत एयरवेजको अन्तर्राष्ट्रिय उडान गन्तव्य ५७ पुगेको छ ।

नयाँ गन्तव्य र उडानहरूको सञ्चालनमा मलाक्का, मस्को, साराजेभो, नाइस, सलालाह, शर्म एल शेख, सोहाग, अलेक्जान्ड्रिया, म्याकानोस, बोडरम, ट्राब्जोन, भियना, म्याड्रिड, कासाब्लान्का, म्यानचेस्टर, काठमाडौं र क्वालालम्पुर समावेश हुनेछन्, भनि सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्सले समाचार प्रकाशित गरेको छ ।

नयाँ गन्तव्यहरू छनोट गर्दा, कुवेत एयरवेजले सबै सामाजिक क्षेत्रहरू, चाहे व्यापार, पर्यटन वा शिक्षाको लागि उच्च माग सहितको सबैभन्दा चाहिने र रुचाइएको गन्तव्यलाई ध्यानमा राखेको थियो भनि उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...