Sunday 27th September 2026

प्रवासी नेपाली मञ्च कुवेतले प्रवासबाट मतदान गर्न पाउनु पर्ने माग राख्दै दूतावासमार्फत सरकारमा ज्ञापनपत्र बुझायो


तीतोपाटी – नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले विदेशमा रहेका नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउनु पर्ने माग राखी नेपाली राज दूतावास कुवेत मार्फत नेपाल सरकारमा एक ज्ञापनपत्र बुझाएको कुरा प्रवासी नेपाली मञ्च कुवेतका प्रचार विभाग प्रमुख गुलामनवि मन्सुरले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष राजकुमार थापा र सचिव गणेश रावतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनाइए अनुसार नेपाली राहदानी, नागरिकता वा परिचय पत्रको अाधारमा प्रवासबाटै कुटनीतिक नियोग मार्फत वा इन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने र अध्यावधिक गर्न पाउनु पर्ने तथा मतदाता नामावलीको  अाधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको कुटनीतिक नियोगमा विद्युतीय मतदान यन्त्रको माध्यमबाट प्रत्यक्ष मतदान गर्न र असक्तहरूको हकमा हुलाकबाट मतदान गर्न पाउनु पर्ने माग गरिएको छ ।

प्रचार विभाग प्रमुख मन्सुरका अनुसार प्रवासी नेपाली मंचका अध्यक्ष राजु थापा, सचिव गणेश रावत प्रचार बिभाग प्रमुख गुलामनवि मन्सुर, श्रमिक बिभाग प्रमुख शंकर पौडेल, युवा संयोजक चुडाराज भट्टराई लगायतको प्रतिनिधि मण्डलले आज मिति मिति २०२२ जनवरी २५ तारिक मंगलबारका दिन नेपाली राजदूतावासमा उपस्थिति भई प्रवासी नेपाली मंच कुवेतले नेपाली दुतावास कुवेतका महामहिम राजदुत श्री दुर्गा प्रसाद भण्डारी मार्फत सम्माननीय प्रधानमन्त्री तथा नेपाल सरकार मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

नेकपा एमालेको ४० देशमा रहेका भातृ सङ्गठनहरुले ती देशहरूमा रहेका नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुले प्रवासबाटै मतदान गर्न पाउने अधिकारको लागि ज्ञापनपत्र बुझाएका हुन
विस्तृत जानकारीको लागि ज्ञापनपत्र जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...