Monday 19th October 2026

कुवेतमा बेचेको आरोप लगाउने सानिमाको अन्तरवार्ता लिने युट्युव च्यानल नै अवैध रुपमा संचालित


तीतोपाटी काठमाडौं – कुवेतमा आफ्नै दिदिको छोराले नौ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ ।

केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते) ले आफुलाई नौ सय दिनारमा बेचेको भन्दै झापाकी सिता भुषालले त्यहिँबाट संचालित केही युट्युवरको शरणमा पुगेर भिडियो अन्तरवार्ता दिएकी थिइन् । त्यो अन्तरवार्तालाई बिभिन्न शिर्षक दिएर झापाका केहि युट्युवरले युट्युव च्यानलमार्फत भिडिओ सार्वजनिक गरेका थिए ।

उनले दिएको झुटो अन्तरवार्तालाई युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने एफ.डि.सी अनलाईन टिभि, नेपाल अनलाईन टिभि र भाइरल अनलाईन टिभि युट्युव च्यानलहरु सूचना तथा प्रसारण विभागमा दर्ता वा सुचिकृत नभएको प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

ती च्यानलहरु वेवपोर्टल वा अनलाइन मिडियाको रुपमा समेत सूचीकरण नभएको बताइएको छ ।

मोतेका दाजुले ती युट्युव च्यानलहरु दर्ता भए नभएको जानकारी पाउँ भन्दै काठमाडौंस्थित प्रेस काउन्सिल नेपालमा निवेदन दिएका थिए ।

झापा घर भएकी सिता भुषाल झापाकै अभिकेशर मोतेकी सानिमा हुन् । अभिकेशरको परिवार बिगत १४वबर्षदेखि कुवेतमा रहेका छन् ।

ती युट्युव च्यानलबिरुद्ध मोते परिवारले कानुनी उपचार खोज्दै प्रहरी प्रशासनमा समेत निवेदन दिएका छन् ।

हुँदै नभएको घटनालाई उचालेर परिवारकै चरित्रहत्या गर्ने उदेश्यका साथ युट्युवर प्रयोग गरेको र युट्युवर पनि डलर कमाउने धन्दामा लागेर सामाजिक द्वन्द्व निम्त्याएको भन्दै मोते परिवारले कानुनी उपचारको बाटो अपनाउन बाध्य भएको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...