Tuesday 29th September 2026

कुवेतमा बेचेको आरोप लगाउने सानिमाको अन्तरवार्ता लिने युट्युव च्यानल नै अवैध रुपमा संचालित


तीतोपाटी काठमाडौं – कुवेतमा आफ्नै दिदिको छोराले नौ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ ।

केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते) ले आफुलाई नौ सय दिनारमा बेचेको भन्दै झापाकी सिता भुषालले त्यहिँबाट संचालित केही युट्युवरको शरणमा पुगेर भिडियो अन्तरवार्ता दिएकी थिइन् । त्यो अन्तरवार्तालाई बिभिन्न शिर्षक दिएर झापाका केहि युट्युवरले युट्युव च्यानलमार्फत भिडिओ सार्वजनिक गरेका थिए ।

उनले दिएको झुटो अन्तरवार्तालाई युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने एफ.डि.सी अनलाईन टिभि, नेपाल अनलाईन टिभि र भाइरल अनलाईन टिभि युट्युव च्यानलहरु सूचना तथा प्रसारण विभागमा दर्ता वा सुचिकृत नभएको प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

ती च्यानलहरु वेवपोर्टल वा अनलाइन मिडियाको रुपमा समेत सूचीकरण नभएको बताइएको छ ।

मोतेका दाजुले ती युट्युव च्यानलहरु दर्ता भए नभएको जानकारी पाउँ भन्दै काठमाडौंस्थित प्रेस काउन्सिल नेपालमा निवेदन दिएका थिए ।

झापा घर भएकी सिता भुषाल झापाकै अभिकेशर मोतेकी सानिमा हुन् । अभिकेशरको परिवार बिगत १४वबर्षदेखि कुवेतमा रहेका छन् ।

ती युट्युव च्यानलबिरुद्ध मोते परिवारले कानुनी उपचार खोज्दै प्रहरी प्रशासनमा समेत निवेदन दिएका छन् ।

हुँदै नभएको घटनालाई उचालेर परिवारकै चरित्रहत्या गर्ने उदेश्यका साथ युट्युवर प्रयोग गरेको र युट्युवर पनि डलर कमाउने धन्दामा लागेर सामाजिक द्वन्द्व निम्त्याएको भन्दै मोते परिवारले कानुनी उपचारको बाटो अपनाउन बाध्य भएको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...