Tuesday 20th January 2026

परदेशमा…..पाइन्छ ।


गजल – “परदेशमा…..पाइन्छ ।”

परदेशमा पैसा भए त किन्न सबै पाईन्छ ।
सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।।

जब यादहरुको पहाड खस्छ मध्यराति ।
पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।।

यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं ।
ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।।

विना आगो जल्ने कस्तो अंङ्ग रहेछ यो ।
परदेशी हरुको प्राय मुटु जलेकै पाईन्छ ।।

निलगगन छिचोल्दै आएका हामी मर्दलाई
लिएर जाने रातो बाकस लस्करै पाईन्छ ।

-माधब पौडेल “असल यात्री” (हाल कुवेत)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...