Sunday 27th September 2026

शेर्पा, तामाङ, मगर र काठमांडौमा नेपाली भाषाको चलन


केही निचोडका कुराहरू प्रस्तुत गरेको छु, दुःखको कुरा, यी कुराहरू आज भोलि हामी सबैले निकै जान्नु पर्ने जमाना आएको छ ।

१. शेर्पा जाति:
शेर्पा: “स्यार” भनेको पूर्व, “पा” भनेको “मान्छे”। अर्थात् पूर्वको मान्छेलाई “शेर्पा” भनेर बाल कृष्ण समले “शेर्पा” थर राखिदिए। तिनीहरू जंगेज खानको डफ्फा बाट निस्केर, तिब्बत हुँदै लगभग पाँचसय वर्ष अघि आएको देखिन्छ । बाहुनलाई काट्छु, मार्छु र रगत पिउछु भनेर भन्ने अहिलेका आङकाजी शेर्पा तिनै हुन् । जसको थर समेत बालकृष्ण समले राखिदिएका हुन !

२. तामाङ:
यसै गरी तामाङ: “ता” र “मांग” अर्थात् घोडा व्यापारी वा घोड चढी जात । जङ्गेज खान दशौं हजार सेना लिएर आएका थिए । तिनै सेनाबाट केही मानिस यतै आए ।

३. उपत्यकामा नेपाली भाषा तथा मगरहरू कसरी आए ?

काठमान्डौ उपत्यकामा नेपाली भाषाको चलन कहिले देखि ? पृथिबी नारायण शाहले लादेको भाषा हो त यहाँ पनि ?

पृथिबी नारायण शाहले काठमाडौं विजय प्राप्त गर्नु अगाडि ९८ वर्षघि नेपाली खस भाषामै शिला लेख राखियो त्यो कसरी भयो ? त्यसै गरि अर्को दुई सय वर्ष अघि नेपाली भाषामा लेखिएको शिला लेख पनि प्राप्त भएको छ । त्यो कसरी लेखियो त ?

अर्थात् पृथ्वी नारायण शाह भन्दा दुई सय वर्ष पहिले नै काठमाण्डौ उपत्यकामा नेपाली भाषामा शिला लेखहरु लेख्न सुरु भएको देखिन्छ । त्यो कसरी सम्भव भयो ? जस्तै: रानी_पोखरीको शिला लेख त पृथिबी नारायण शाह भन्दा अगाडि को हो ।

४. मल्ल राजाहरू एक आपसमा झै झगडा गर्न सुरु गरे। उनीहरूलाई धेरै सेना चाहियो । सेनाको लागि मगरहरूलाई पहाडबाट ल्याए । ती मगरहरूबाट काठमाण्डौ उपत्यकामा नेपाली खस भाषाको चलन भयो ।

५. बौद्ध धर्मालम्बीहरू किन् कम् भए यहाँ ?

पहिला बहुसंख्यक बौद्ध धर्मालम्बीहरू थिए । दशौं हजार युवा युवतीहरु भिक्षु भिक्षुणी भएका थिए । तिनीहरू सबैलाई गुम्बाले पाल्नु पर्ने भयो । काम काज छैन, पाल्न धौ धौ हुन पुग्यो । राज्यले हेर्नु पर्ने भयो। राजा जयस्थिति मल्लले त्यो कुरा कम् गर्न चाहे । परिणाम स्वरूप उनले सबैलाई बिहे बारी गरी घरजम गरी आ_आफ्नो व्यवसाय गर्न आदेश जारी गरे । अनि एकै पटक स्वाट्टै उक्त धर्मालम्वीहरु घट्न पुगे ।

६. यसरी सत्य तथ्य कुराहरू एकातिर राखेर, आमचकारी गाली गलोज तथा त्यही अनुसारको हर्कत गर्ने गराउने विभिन्न देशी विदेशी शक्ति केन्द्रहरू तथा गुट उपगुटहरु अहिले नेपालमा पैसाको भरमा व्यापक क्रियाशील रहँदै आएका छन् ।
अस्तु ।
प्रस्तोता: अंम्बरिश पोख्रेल


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...