Thursday 9th April 2026

“बतास”


====बतास====

के को चक्करमा बतास कँहाबाट आयो ।
दरवार परिसरमा बतास कँहाबाट आयो ।।

रित्तै आयो कि यो आयो ओखती बोकेर ।
कोरना कहरमा बतास कँहाबाट आयो ।।

हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित ।
सर्वत्र खबरमा बतास कँहाबाट आयो ।।

कानले पनि सुनिने आँखाले पनि देखिने ।
सबैको घरघरमा बतास कँहाबाट आयो ।।

कफी गफ दिदै थियो त्यो वैगुनी केटोले ।
आलेको नजरमा बतास कँहाबाट आयो ।।

-माधब पौडेल असल यात्री (हाल कुवेत)


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...