Thursday 25th April 2024

विवेकशील साझाकाे अन्तर्राष्ट्रिय समितिमा पनि विवाद


तीतोपाटी – विकेकशील साझा अन्तर्राष्ट्रिय समितिका पूर्व संयोजक सुरेश भट्टले समिति विघटन भएको भन्दै निकालेको विज्ञप्ति सही नभएको समितिले स्पष्ट पारेको छ ।

समितिले विज्ञप्ति जारी गर्दै यसअघि पूर्व संयोजक भट्टले अन्तर्राष्ट्रिय समिति विघटन भएको भनेकोमा उक्त सूचना गलत भएको बताएको छ ।

समितिको विज्ञप्तिमा भनिएको छ, ‘सुरेश भट्ट आश्विनको नामबाट प्रेसित विज्ञप्ति विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको आधिकारिक विज्ञप्ति होइन । यस्तो भ्रामक विज्ञप्ति र सो भित्रको कपोकल्पित व्यक्तिगत कुण्ठाको पछि नलाग्न विवेकशील साझा अन्तर्राष्ट्रिय समिति हार्दिक अपिल गर्दछ ।’

साथै भट्ट करिब ६ महिनादेखि अन्तर्राष्ट्रिय समितिका कुनै पनि गतिविधिमा संलग्न नभएको र समितिप्रति जवाफदेही नभएको भन्दै दुई महिनाअघि नै जिम्मेवारी मुक्त गरिएको समितिले बताएको छ ।

जारी प्रेस विज्ञप्ति जस्ताको तस्तैः

प्रेस विज्ञप्ति
विकेकशील साझा अन्तराष्ट्रिय समितिका पुर्ब संयोजक श्री सुरेश भट्ट ज्युले बिभिन्न मिडियाहरुमा
विवेकशील साझा अन्तराष्ट्रिय समिती तथा सद्भाव समुहहरु बिघटन भएको बिज्ञप्ती राखी प्रकासित भ्रामक
समाचारप्रति विवेकशील साझा अन्तराष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत
गराउदछौ।’सुरेश भट्ट आश्चिनको’ नामबाट प्रेसित सो विज्ञप्ति विवेकशील साझा अन्तराष्ट्रिय समितिको
आधिकारीक विज्ञप्ति नरहेको तथा यस्तो भ्रामक विज्ञप्ति र सो भित्रको कपोकल्पित व्यक्तिगत कुण्ठाको पछि
नलाग विवेकशील साझा अन्तराष्ट्रिय समिती हार्दिक अपील गर्दछ ।

झण्डै ६ महिनादेखी अन्तराष्ट्रिय समितिका कुनै गतिविधिमा सरिक नभएको व्यक्ति सामाजिक संजालको
आफ व्यक्तिगत प्रोफाईलका माध्यमबाट पार्टी गतिविधि बिरोधी कार्यमा सरिक भएको ठहर गर्दै र
अन्तराष्ट्रिय समिति उपर कुनै जवाफदेहिता नदेखाएका कारण दुई महिना अघि नै पार्टीलाई अन्तराष्ट्रिय
समितिको संयोजकको भूमिकाप्रती असन्तुष्टि पोख्दै भट्ट ज्यु लाई अन्तराष्ट्रिय समितिको संयोजकबाट
हटाईयोस भनौ समितिले गरेको अनुरोधलाई सदर गर्दै पार्टीको कार्य सम्पादन समितिले गरेको जिम्मेवारी
हेरफेर को बिषयलाई पार्टी अध्यक्षको अन्तराष्ट्रिय समितिमाथिको हस्तक्षेपका रुपमा अपव्याख्या गरिनु
खेदपूर्ण रहेको छ।

अन्तराष्ट्रिय समितिका करिब आधा दर्जन वैठक छल्नु, समितिको कुनै पनि काम अघि बढाउन नखोज्नु,
सङ्गठन बिस्तारमा चासो नदिनु, समितिले एकमतले पारित गरेका निर्णयसम्म लागू गर्न आलटाल गर्नु,
केन्द्र र अन्तराष्ट्रिय समितिको दुरी घटाउने पुलको काम गर्नुको सट्टा दुरी बढाउने पर्खालको रूपमा काम
गर्नु र बैकल्पिक राजनितिप्रतिको कुठाराघात गर्न भट्ट जीले भूमिका खेलेको समितिले धेरै अघिदेखी ठहर
गरेको थियो । उँहालाई पटक पटक सच्चिने मौका दिदा समेत सच्चिनुको सट्टा अझ अस्थिर र गैर जिम्मेवार
बन्दै गरेको ठहर गरि भट्टले गरेको सद्भाव समूह भङ्गको निर्णय अनधिकृत र गैर बैधानिक भएकोले
विवेकशील साझा सद्भाव समूहका सदस्य ,समर्थक, शुभ चिन्तक तथा शुभेच्छुकहरुलाइ हतोत्साहित
नभइदिनु हुन २५ राष्ट्रिय समिती रहेको अन्तराष्ट्रिय समिति हार्दिक आग्रह गर्दछौं ।

अन्तमा समाचार बनाउदा समाचारको आधिकारिकताप्रती ख्याल गरिदिनु हुन र जवाफदेही पत्रकारिता
गरिदिनु हुन सम्पूर्ण पत्रकार जगतप्रती हार्दिक अनुरोध गर्दछौं।


सम्बन्धित शीर्षकहरु

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

प्रतिकृयाहरू
...