Wednesday 8th April 2026

पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ


तीतोपाटी – कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरेको हो ।

प्रतिव्यक्ति १४ लाख तिरेर कामदार भिसामा पोर्चुगल गए मासिक एक लाख कमाइ हुने उनीहरूले बताएका थिए। बुटवलका लक्ष्मण थापा लगायत चार जनासँग प्रति व्यक्ति १० लाखका दरले ४० लाख लिएर उनीहरूले ठगी गरेका हुन्।

पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएका महानगरीय अपराध महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...