Tuesday 20th January 2026

पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ


तीतोपाटी – कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरेको हो ।

प्रतिव्यक्ति १४ लाख तिरेर कामदार भिसामा पोर्चुगल गए मासिक एक लाख कमाइ हुने उनीहरूले बताएका थिए। बुटवलका लक्ष्मण थापा लगायत चार जनासँग प्रति व्यक्ति १० लाखका दरले ४० लाख लिएर उनीहरूले ठगी गरेका हुन्।

पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएका महानगरीय अपराध महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...