Wednesday 7th October 2026

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा “प्रचण्ड” निर्विरोध निर्वाचित


तीतोपाटी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्षमा बर्तमान अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नै निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरे पनि अन्य पदमा भने सर्वसम्मत नभएकोले बैठक पुष २५ गतेसम्मको लागि स्थगित गरिएको छ ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै पार्टीलाइ समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको भन्दै प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्ने भन्दै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाइ नै अध्यक्ष बनाउनु पर्ने प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने पुस २५ मा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुंगो लगाइने भएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...