Friday 25th September 2026

कुवेतमा फेब्रुअरी २८ सम्म सार्वजनिक स्थानहरूमा भेला गर्न प्रतिबन्ध


कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिकदेखि फेब्रुअरी २८ तारिकसम्म सार्वजनिक स्थानमा सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेत सरकारको हिँजो बसेको मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।

कोरोना संक्रमण अप्रत्याशित रूपमा बढेपछी कुवेतले भवन, महल तथा होटेल भित्र हुने भेला, समारोह तथा उत्सब मनाउन जनवरी ९ देखी फेब्रवरी २८ सम्म लाई रोक लगाएको हो ।

यसरी नै बुस्टर डोज का लागी ५० वर्ष माथी उमेर भएका जोसुकैको लागी जहिले सुकै खोप लगाउँन पाउने छन भने त्यो भन्दा कम उमेर समुहकाले अनलाईनबाट स्विकृती लिन पर्ने छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयको पुनः अध्ययन गरिने भएको छ ।
यसबाहेक, मन्त्रिपरिषद्ले सबै आगमन यात्रुहरूलाई देशमा आगमन हुनुभन्दा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गराउन अनिवार्य हुने निर्णय गरेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...