Friday 29th March 2024

कुवेतमा फेब्रुअरी २८ सम्म सार्वजनिक स्थानहरूमा भेला गर्न प्रतिबन्ध


कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिकदेखि फेब्रुअरी २८ तारिकसम्म सार्वजनिक स्थानमा सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेत सरकारको हिँजो बसेको मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।

कोरोना संक्रमण अप्रत्याशित रूपमा बढेपछी कुवेतले भवन, महल तथा होटेल भित्र हुने भेला, समारोह तथा उत्सब मनाउन जनवरी ९ देखी फेब्रवरी २८ सम्म लाई रोक लगाएको हो ।

यसरी नै बुस्टर डोज का लागी ५० वर्ष माथी उमेर भएका जोसुकैको लागी जहिले सुकै खोप लगाउँन पाउने छन भने त्यो भन्दा कम उमेर समुहकाले अनलाईनबाट स्विकृती लिन पर्ने छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयको पुनः अध्ययन गरिने भएको छ ।
यसबाहेक, मन्त्रिपरिषद्ले सबै आगमन यात्रुहरूलाई देशमा आगमन हुनुभन्दा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गराउन अनिवार्य हुने निर्णय गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...