Friday 23rd January 2026

कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ आप्रवासीहरूलाइ देश निकाला


तीतोपाटी – कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ जना आप्रवासीहरूलाइ देश निकाला गरिएको छ । कुवेतको गृह मन्त्रालयले जनाए अनुसार १ जनवरी २०२१ देखि ३१ डिसेम्बर २०२१ को अवधिमा निर्वासन केन्द्रबाट १८ हजार २ सय २१ जना विदेशीहरूलाई देश निकाला गरिएको थियो ।

कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा जनाइए अनुसार देश निकाला भएकामध्ये ११ हजार १ सय ७७ पुरुष र ७ हजार ४४ महिला रहेका थिए ।

देश निकाला गरिएका आप्रवासीहरू कानुनले निःषेध गरेका अवैधानिक कृयाकलापमा संलग्न, विभिन्न किसिमले कानुनको उलंघन गरेकाहरू, आवास अनुमति तोडेका र आवास अनुमति सकिएकाहरू रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...