Tuesday 7th May 2024

साउदीमा कोरोना संक्रमण बढे सँगै स्वास्थ्य मापदण्ड पालनामा कडाइ


तीतोपाटी – साउदी अरेविया सरकारले कोरोना संक्रमितहरूको दैनिक संख्या बढ्न थाले लगत्तै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । साउदी सरकारले पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि इन्डोर/आउटडोर सबै ठाउँमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो ।

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ भने कम्तिमा पनि १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...