Wednesday 14th October 2026

विद्यालयमा शीत प्रशिक्षण तथा मास्क वितरण कार्यक्रम सम्पन्न


नारायण कोइराला – शीत काव्य समाज नेपाल पाल्पाको अायोजनमा प. प.न. मा. वि . तानसेन पाल्पामा शीत काव्य लेखन प्रशिक्षण तथा विद्यार्थीहरूका लागि मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । शीत काव्य समाज नेपालकी केन्द्रीय कोषाध्यक्ष एवं पाल्पा जिल्ला अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा शीत काव्यका परिकल्पनाकार एवं शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष पुष्कर अथक रेग्मीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा समाजकी अध्यक्ष इन्दिरा ज्ञवालीले सम्वादमा शीत लेख्ने तरिका सिकाउनुका साथै बिधालयका सहायक प्रधानाध्यापक सन्तवीर बरालले सुन्दर शीत वाचन कला विद्यार्थीलाइ सिकाएका थिए । प्रशिक्षणमा कोषाध्यक्ष जानकी अधिकारी, सहसचिव सबिता भट्टराई र सदस्यहरू पशुपति प्रधान र जमुना घिमिरेले विद्यार्थीहरूलाइ शीत लेखनमा सहजीकरण गरेका थिए । प्रशिक्षणमा ३३ जना विद्यार्थीहरूको सक्रिय सहभागीता रहेको थियोे ।

विद्यार्थीहरूले प्रशिक्षणको अन्त्यमा शीत लेखेर प्रस्तुत समेत गरेका थिए ।

“कविताको लघुतम उपविधाको रूपका शीतको परिकल्पना पाल्पाबाट गरिएको,यो निकै लोकप्रिय रहेकोले अव विद्यालय देखि नै विद्यार्थीहरूलाइ कविता लेख्न सक्ने अादतको विकास गर्न शीत प्रशिक्षणको अभियान शुभारंभ गरिएको र यसलाई विभिन्न विद्यालयमा निरन्तरता दिने” भनी परिकल्पनाकार पुष्कर अथक रेग्मीले बताए ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...