Saturday 18th May 2024

कतारमा अवैधानिक बसेका कामदारलाई वैधानिक बन्न दूतावासको आग्रह


काठमाडौं – नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।

कतारका लागि कार्यवाहक नेपाली राजदूत लक्ष्मण खनाल, एनआरएनए, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली लेवर काउन्सेलर कृष्ण प्रसाद खनाल लगाएतले कतार बसाईलाई वैधानिक बनाउन कतारले दिएको अवसर विषयमा सकेसम्म धेरै नेपालीलाई जानकारी पुर्याउदै सबैलाई यो अबसरको सुबिधा प्रयोग गर्न सुझाब दिएका थिए ।

कतारमा अवैधानिक बसेका कामदारलाई वैधानिक बन्न वा जरिवाना बिना कतार छोडन कतार सरकारले डिसेम्बर अन्तिम सम्म समयाबधी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...