Friday 16th October 2026

नेपाली जनप्रगतिशील मञ्च मलेसियाको अध्यक्षमा प्रेम पाण्डे


तीतोपाटी, काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च मलेशियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा प्रेम पाण्डेलाई चयन गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुपधन घर्तिमगर र उपाध्यक्षमा शुवास कार्की चयन भएका छन । महासचिवमा अर्जुन घर्तिमगर, सचिवमा बिर्ख बहादुर तामाङ र मनोज कुमार तामाङ त्यसै गरी कोषाध्यक्षमा सुगम बुढा चयन भए ।

यसै गरी २० जनालाई कार्य समिती सदस्यमा चयन गरिएको छ भने सह-कोषाध्यक्ष पद कार्यसमितिको बैठकले मनोनित गर्ने गरी रिक्त राखिएको अध्यक्ष प्रेम पाण्डेले बताए ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सीमित भौतिक उपस्थितिका साथ भर्चुअल माध्यम जुम प्रयोग गरेर मंगलबार गरिएको अधिवेशनमा केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा प्रमुख अतिथि थिए । विदेश विभाग सह-इन्चार्ज लक्ष्यमण पन्त,सचिव टिबी पाठक,पुर्वी एसिया क्षेत्रीय अध्यक्ष हर्क थापा,एनआरएन बेल्जियमका सह कोषाध्यक्ष लोक बहादुर दाहाल, पुर्व एसिया सचिव रमेश तिवारी लगायतले भर्चुवल्ली नयाँ समितिलाई शुभकामना दिए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...