Saturday 17th October 2026

कुवेतले करिब २ लाख ५० हजार आप्रवासीहरुको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) रद्द गर्ने


तीतोपाटी – कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ ।

ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स बनाएकाहरु, लाइसेन्स पाए पछी पेशा परिवर्तन गरेकाहरु र कोरोना लगायतको कारण कुवेत बाहिर रहेर भिसा नबिकरण गरेका आप्रवासीहरुको लाइसेन्स रद्द गरिने छ।

कुवेतमा ३० लाख भन्दा बढीले सवारी चालक अनुमतीपत्र लिएका छन । यि सबै पुराना लाइसेन्सलाई चुम्बकिय कार्ड सहित प्रतिस्ठापन गर्न धेरै जनशक्ती आबश्यक पर्ने र समयाबधि तीन महिना लाग्ने बताइएको छ ।

कुवेतका सडकहरूमा ट्राफिकको भीड अत्याधिक बढेकाले कुवेत सरकारले ड्राइभिङ लाइसेन्सलाई अत्याबधिक गर्ने भएको हो ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...