Friday 11th September 2026

ओमानमा भेटियो ओमिक्रोन, बुस्टर डोज लगाउन सबैलाई आग्रह


तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात सफा राख्ने जस्ता रोकथामका उपायहरूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

यसै गरी मन्त्रालयले नजिकको स्वास्थ्य संस्थामा गएर १८ वर्ष माथिको उमेर समुहका सबैलाई कोभिड-१९ खोपको बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...