Tuesday 7th May 2024

ओमानमा भेटियो ओमिक्रोन, बुस्टर डोज लगाउन सबैलाई आग्रह


तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात सफा राख्ने जस्ता रोकथामका उपायहरूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

यसै गरी मन्त्रालयले नजिकको स्वास्थ्य संस्थामा गएर १८ वर्ष माथिको उमेर समुहका सबैलाई कोभिड-१९ खोपको बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...