Saturday 18th May 2024

कुवेतमा सबै उमेर वर्गका लागि’विन्टर डिजेज भ्याक्सिन’ लगाइने


तीतोपाटी – कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन भनेका छन ।

यसै गरी कोभिड भ्याक्सिनको दोस्रो खोप लगाएको ३ महिना कटेका सबैले अर्को खोप ‘बुस्टर डोज’ लगाउन सिधै खोप केन्द्र(मिश्रिफको मेला मैदान)मा जान सक्ने मन्त्रालयले बताएको छ । बुस्टर डोजका लागि अनलाइन वा फोन मार्फत नाम दर्ता गरी सिधै खोप केन्द्रमा जान सकिने छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...