Friday 11th September 2026

कुवेतमा सबै उमेर वर्गका लागि’विन्टर डिजेज भ्याक्सिन’ लगाइने


तीतोपाटी – कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन भनेका छन ।

यसै गरी कोभिड भ्याक्सिनको दोस्रो खोप लगाएको ३ महिना कटेका सबैले अर्को खोप ‘बुस्टर डोज’ लगाउन सिधै खोप केन्द्र(मिश्रिफको मेला मैदान)मा जान सक्ने मन्त्रालयले बताएको छ । बुस्टर डोजका लागि अनलाइन वा फोन मार्फत नाम दर्ता गरी सिधै खोप केन्द्रमा जान सकिने छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...