Saturday 18th May 2024

कुवेतमा मदिरा कारखाना सञ्चालन गरिरहेका २ जना नेपाली ४८ ब्यारेल मदिरासहित पक्राउ


तीतोपाटी – कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा लागुऔषध नियन्त्रण महाशाखामा कार्यरत एक ५४ वर्षीय नागरिक पनि पक्राउ परेका छन् जो मदिरा कारखाना बनाउन प्रयोग गरिएको घरका मालिक हुन् ।

गृहमन्त्रालय मातहतका सरकारी अधिकारीहरूद्वारा छापा मार्दा उनीहरूका साथबाट चोरीका हुन सक्ने २६ भेडा, १ थान पेस्तोल, ४ थान क्लिप, १०० थान गोलीसहित ४८ ब्यारेल भरिएको स्वदेशी मदिरा, ८ थान आयातित मदिराका बोतल, कार्टुन, झोला तथा अधिक मात्रामा मदिरा बनाउन प्रयोग हुने सामग्री बरामद भएको छ । मदिरा उत्पादन गर्ने र लठ्याउन(नशा) लाग्ने बनाउन प्रयोग हुने शङ्कास्पद उपकरण पनि फेला परेको छ।

सबै अभियुक्तहरूलाइ अनुसन्धानको लागि हिरासमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...