Sunday 19th May 2024

कुवेतमा पनि भेटियो ‘ओमिक्रोन’, विमानस्थलको कार्यविधिमा परिवर्तन नहुने


तीतोपाटी डटकम – कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार अफ्रिकन मुलुकबाट आएका एक अफ्रिकन यात्रुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल-सनदका अनुसार संक्रमितले कोभिड बिरुद्दका खोपको पुरा मात्रा लगाएका थिए । उनी कुवेत आएपछी गरिएको पहिलो कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि दोस्रो परिक्षणमा पोजिटिभ भेटिएका हुन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सम्पूर्ण नागरिक र आप्रवासीहरुलाई कोरोना बिरुद्दको खोप पूर्ण मात्रामा लगाउन अनुरोध गरेको छ साथै बुस्टर डोजका लागि पालो कुर्नु नपर्ने र स्वास्थ्य मापदन्ड पालना गर्दै सिधै खोप केन्द्रमा जान भनिएको छ । कुवेतमा कोरोनाको अबस्था स्थिर रहेको तथा हाल दिइदै आएका खोपहरू नयाँ भेरियन्ट विरुद्ध प्रभावकारी रहेको बताउँदै नागरिक र बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सबैमा सावधानी अपनाउन र कोरोना विरूद्धको भ्याक्सिनको बुस्टर शट लिन अनुरोध गरेको हो ।

यसै गरी कुवेतमा ‘ओमिक्रोन’ भेरीएन्ट भेटिएकै कारण विमानस्थलको कार्यविधिमा कुनै परिवर्तन नहुने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...