Sunday 18th October 2026

युएईका सरकारी कार्यालय हप्तामा साढे चार दिन मात्र खुल्ने


तीतोपाटी, काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)ले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हप्तामा साढे चार दिन मात्र काम गरे पुग्ने नियम ल्याउने भएको छ।

युएईले यसअघि हप्तामा दुई दिन शुक्रवार र शनिबार मात्रै बिदा दिने गरेको थियो । जनावरी २ तारिखबाट भने शुक्रबार आधी दिन अनी शनिबार र आइतवार भने पुरा दिन छुट्टी दिइने छ।

अरू दिनहरूमा बिहान साढे सात बजेदेखि दिउँसो साढे तीन बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् भने शुक्रबार मध्याह्न १२ बजेबाटै कार्यालयहरु बन्द हुने खबर गल्फ न्युजले लेखेको छ।

सरकारी बाहेक अन्य निजी कार्यालयहरुमा भने यो नयाँ नियम लागू हुने छैन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...