Saturday 27th April 2024

मुजैनीको नमस्ते नेपाल प्रमोसनमा १ मिलियन रूपैयाँ बढिको पुरस्कार, पहिलो हप्ताका विजेताहरूलाइ पुरस्कार वितरण


तीतोपाटी – अलमुजैनी एक्सचेन्जले संचालन गरिरहेको १० लाख नेपाली रूपैयाँ भन्दा बढि धनराशी भएको “नमस्ते नेपाल” प्रमोसन अन्तर्गतको पहिलो हप्ताका विजेताहरूलाइ अलमुजैनीले विजेताहरूको बासस्थान रहेको इलाका मै गएर पुरस्कार वितरण गरेको छ ।
अलमुजैनी एक्सचेन्जको नमस्ते नेपाल प्रमोसनमा अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाए बापत हरेक हप्ता ४ जना भाग्यसाली नेपाली ग्राहकहरूलाइ प्रतिव्यक्ति नेपाली रूपैयाँ २० हजार दिने योजना अन्तर्गत पहिलो हप्ताका विजेताहरू कृष्ण प्रसाद दाहाल, प्रेम बहादुर मोक्तान र विजय सहनी ३ जनालाइ अलमुजैनीले जनही २० हजार रूपैयाँका दरले पुरस्कार वितरण गरेको हो ।

यो प्रमोसन अन्तर्गत अलमुजैनीको कुनै पनि शाखामा भाैतिक रूपमा गएर वा अलमुजैन अनलाइन एपमार्फत नेपाल पैसा पठाउने नेपाली ग्राहकहरू हरेक हप्ता ४ जना पुरस्कृत हुने गर्दछन् । पहिलो हप्ताको भाग्यसाली विजेता मध्ये एक जना अझै सम्पर्कमा नअाएकोले पुरस्कार वितरण गर्न नसकिएको अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर मार्केटिङ मेजेजर राम बस्नेतले तीतीपाटी डट कम सँगको कुराकानीमा बताएका छन् । तीतोपाटी सँगको कुराकानीको क्रममा बस्नेतले थपे, “अलमुजैनीको नमस्ते नेपाल प्रमोसनको कारण नेपाल रेमिट्यान्स पठाउने नेपाली ग्राहकहरूको हाल हरेक शाखामा घुइंचो लागेको छ ।”

कुवेतको पुरानो, विश्वासिलो, उत्कृष्ट र ११९ भन्दा बढि शाखाहरू तथा अनलाइन एप मार्फत रेमिट्यान्स सेवा दिंदै अाएको एक प्रतिष्ठत कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहक लक्षित गरि यस अघि पनि खेलकुद लगायतका कुवेतमा हुने विभिन्न सांस्कृतिक गतिविधिमा सहकार्य गर्दै विभिन्न प्रमोसनका कार्यक्रमहरू गर्दै अाएको छ भने यस पटक नेपाली ग्राहक मात्रै लक्षित गरि नेपाली रूपैयाँ १० लाख भन्दा बढि धनराशी भएको “नमस्ते नेपाल” प्रमोसनमा ल्याएको हो । यो प्रमोसन अागामी ११ फेब्रुअरी २०२२ सम्म रहने पनि मेनेजर बस्नेतले बताए ।

Muzaini मुजैनी जाऔं जितौ लाख !!
नेपाली ग्राहकलाइ हाम्रो साथ !!
नेपाली ग्राहकहरूकालागि मात्र १० लाख धनराशी !!
Muzaini#मुजैनी नमस्ते नेपाल प्रमोसनमा रमाऔं !!
आउदै गरेको चाडपर्वहरु ल्होसार# क्रिस्मस# अग्रेजी नयाँवर्ष#उधौली पर्व, मकर सक्रान्ती चाडपर्वहरु लाइ मध्य नजर गरी हामीले यो प्रमोसनलाइ ‘नमस्ते नेपाल’ महोत्सव नामांकन गरेका छौं !!
हिजो देखि नेपाल पैसा पठाउने ग्राहकहरुको Muzaini मा विजेताहरुको घुइचो लागेको छ ।
पहिलो हप्ताको विजेताका नामहरु
प्रति विजेता ने रु २०००० जित्नु भयको छ ।
विजेताहरुलाइ हार्दिक बधाइ तथा शुभकामना!
कृष्ण प्रसाद दाहल- रिगाइ एरिया साखा नम्मर-२
प्रेम बहादुर मुक्तान – फाहिल एरिया साखा-३
बिजय साहनी – फाहील एरिया साखा-३
मोहमदु एम मोहमदु # अहमदि साखा ( अहमदि साखाबाट पुरसकार दिने तालिका रहेको छ)
अब दोस्रो हप्ताको दोस्रो विजेता हुने पालो तपाइको ।
यो अफर – फेबररी ११,२०२२ रहने छ ।
“अझै १२ हप्ता बाँकी”

पहिलो हप्ताका विजेताहरूलाइ केहि दिन अघि मात्रै पुरस्कार वितरण गरेको अलमुजैनी एक्सचेन्जले दोश्रो हप्ताका विजेताहरूको नामावली समेत सार्वजनिक गरिसकेको छ । विजेताहरूले यसै समाचारलाइ अाधार मानेर अलमुजैनसँग सम्पर्कमा अाउन पनि मेनेजर बस्नेतले अनुरोध गरेका छन् ।

नमस्ते नेपाल प्रमोसन मार्फत दोस्रो हप्ताका विजेताहरूलाई बधाई छ। Muzaini#मुजैनी मार्फत नेपाल पैसा पठाउनुहोस् र नेपाली दशलाख रुपैयाँसम्म जित्ने मौका पाउनुहोस्!💰🤩💵
Congratulations to the winners of Namaste Nepal Promotion Week 2. Send money to Nepal through Al Muzaini and get a chance to WIN up to 1M Nepalese Rupees!


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...