Wednesday 7th October 2026

बुलन्द आवाज अभियानको सकृयतामा बनेको कुन्चिप्वाकल हेल्थपोस्ट नगरपालिकालाई हस्तान्तरण


तीतोपाटी डटकम-बुलन्द आवाज अभियानको सक्रियतामा तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ।

आइतबार कुन्चिप्वाकल स्वास्थ्य चौकीको प्राङ्गणमा भव्य समारोह बीच स्वास्थ चौकी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा निमार्ण सम्पन्न भएको सो स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री विरोध खतिवडा , तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत शिव लम्साल , स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह ,तारकेश्वर वडा नम्बर १ का वडा अध्यक्ष विदुर सापकोटा , वडा नम्बर २ का अध्यक्ष रविन्द्र के.सी. , वरिष्ठ संचारकर्मी प्रेम बानियाँ , चर्चित हास्य कलाकार अर्जुन घिमिरे ( पाँडे ) , चर्चित हास्य कलाकार `सिते बा´ साथै विभिन्न सामाजिक अभियान्ता लगायत ठुलो संख्यामा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

कुल ६९ लाख ३२ हजार ६ सय २३ लागतमा निर्माण भएको उक्त भवन निर्माणका लागि तारकेश्वर नगरपालिकाबाट करिब ३५ लाख बजेट उपलब्ध भएको र बाकी रकम विभिन्न समाजसेवी व्यक्तिहरुको सहयोगमा जुटाइएको संचारकर्मी तथा बुलन्द आवाज अभियानका अभियान्ता राजन नेपालले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री विरोध खतीवडाले बुलन्द आवाजको अभियानको प्रंसशा गर्दै स्वास्थ्य चौकीलाई प्रभावकारी रुपमा संचालन गर्न नगरपालिका विशेष रुपमा लाग्नु पर्ने बताउँदै आवश्यकता अनुसार स्वास्थ्य मन्त्रालयबाट पनि सक्दो सहयोग हुने बताउनु भयो ।

तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले वडा न १ मै रहेको अर्को स्वास्थ्य चौकी साङला स्वास्थ्य चौकिलाई अब १५ बेडको अस्पताल बनाउन लागिरहेको पनि उक्ति कार्यक्रम बीच जानकारी गराउनु भयो ।

संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान करिब एक बर्ष अघि शुरु भएको थियो ।
यसै बिच स्थानिय निकायका प्रतिनिधि तथा सरोकारवालसंग जनताका सवालहरुलाई समेटेर बनाइने कार्यक्रम बुलन्द आवाज अब न्यूज २४बाट प्रसारण हुने छ। कार्यक्रमको प्रस्तोता राजन नेपालका अनुसार कार्यक्रम साप्ताहिक रुपमा प्रसारण हुने र एक पटक पुन: प्रसारण गरिने छ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...