Saturday 27th April 2024

यूएईमा मासिक बचतबाट खोलियो नेपाली रेस्टुरेन्ट


तीतोपाटी – यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो ।

उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए । १८ जना सदस्यको सामुहिक बचतबाट खोलिएको रेस्टुरेन्टको यूएईको अन्य शहरहरुमा पनि शाखा खोलिने योजना रहेको संचालक मध्येका सुनिल अधिकारी बताउछन।

हिमालयन नेपाली रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा गैरआवासिय नेपाली संघ(एनआरएनए) युएईका अध्यक्ष निराजन सिलवाल, सिन्धुपाल्चोक सेवा समाज युएईको अध्यक्ष मनोज नेपाललगाएत विभिन्न क्षेत्रको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

रेस्टुरेन्टमा नेपाली लगाएत भारतिय र चाईनिज खानाहरु पनि पाइने तथा ग्राहकको सुविधाको लागि होम डेलिभरीको पनि ब्यबस्था गरिएको छ। साथै सेमिनार, गोष्ठीहरू गर्ने स्थानको ब्यबस्था रहेको संचालकहरुले बताएका छन।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...