Friday 24th July 2026

जनसम्पर्क समितिको १०औं वार्षिकोत्सव सम्पन्न, राजेन्द्र विरही १४औं महाधिवेनका लागि प्रतिनीधि


सभापति राजेन्द्र विरही विधानतः १४ औं महाधिवेनको लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि सर्वसम्मत चयन

तीतोपाटी – नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको वैदेशिक भात्रृसंगठन नेपाली जन सम्पर्क समिति कुवेतको १० औं वार्षिकोत्सव हिँजो ३ डिसेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा शुभकामना आदानप्रदान, सम्मान तथा नयाँ सदस्य स्वागत गरि भव्य रूपमा सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेनको लागि कुवेतबाट जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीलाइ विधानतः महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि तोकिएको कुरा पनि सार्वजनिक गरिएको थियो ।

नेपाली जन सम्पर्क समिति कुवेतको दशौं वार्षिकोत्सव समारोह समितिका सभापति राजेन्द्र विरहीको सभाध्यक्षता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवतेका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यता तथा एनआरएनए आइसीसी सदस्य हरि लावती, एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल तथा नेका का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कुवेत प्रमुख मन्जित चाम्लिङ राइको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी प्रतिनीधि, पत्रकार एवं जन सम्पर्क समिति कुवेतमा आवद्ध कृयाशील सदस्यहरूको समुपस्थितिमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि लामाले शुभकामना मन्तव्य दिंदै जब जब देश असजिलो अबस्थाबाट गुज्रिन्छ तब तब नेपाली कांग्रेसले नेतृत्व गरेर देशलाइ अग्रगमनमा पुर्याएको बताउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाइ व्यवहारमा उतार्न जन सम्पर्क समितिहरूले मुख्य भूमिका निर्वाह गर्नु पर्ने बताए । विशेष अतिथि तथा अन्य अतिथिहरूले जग बलियो भएमा घर बलियो हुन्छ भन्दै नेपाली कांग्रेसलाइ मजबुत बनाउन जन सम्पर्क समितिले राम्रो प्रशिक्षण दिएर राजनीतिक चेतना जगाइ कृयाशिल सदस्यता बढाउनु पर्ने बताउँदै दशौं वर्षगाठ मनाउने दिन सम्म जन सम्पर्क समितिले गरेका कामहरूको लेखाजोखा गर्दै अझ सशक्त भएर अघि बढ्नु पर्ने बताएका थिए । शुभकामना मन्तव्य दिने धेरै वक्ताहरूले जन सम्पर्क समितिले प्रवासमा रहेका सबै श्रमिकहरूलाइ समेट्दै श्रमिक हक हितका कार्यहरू गर्दै जानु पर्ने तथा श्रमिकका समस्या समाधानमा जन सम्पर्क समितिले अझ कृयाशिल हुनु पर्ने बताएका थिए ।

जन सम्पर्क समितिका संस्थापक वीपी कोइरालालाइ स्मरण गर्दै दीप प्रज्जलन र राष्ट्रियगानबाट शुरू गरिएको वार्षिकोत्सव समारोह जन सम्पर्क समितिका महामन्त्री केशर घलानको संचालन र सहमहामन्त्री कान्तिप्रसाद अधिकारीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरि शुरू भएको थियो । वार्षिक प्रगति विवरण पेश गर्दै कोषाध्यक्ष शिव प्रसाद गुरूङले हाल जन सम्पर्क समिति कुवेतमा ३ सयको हाराहारीमा कृयाशील सदस्यता रहेको जनाएका थिए ।

दशौं वार्षिकोत्सव कार्यक्रममा जन सम्पर्क समितिलाइ विभिन्न समयमा प्राविधिक रूपले सहयोग गरेको भन्दै तीतोपाटी मिडियाका आनन्द आचार्य र मयुरपाटी मिडियाका चन्द्र बिश्वकर्मालाइ सम्मान गरिएको थियो भने नेपाली कांग्रेससँग आस्थावान करिब १५ जना कार्यकर्ताहरू वार्षिकोत्सव समारोहमा जन सम्पर्क समितिमा आवद्ध भएका थिए ।

वार्षकोत्सव समारोहको समापन गर्दै सभापति विरहीले वक्ताहरूले राखेका जिज्ञासाहरूमा स्पष्ट पार्दै प्रवासका श्रमिकहरूका समस्याहरू समाधानमा जन सम्पर्क समिति स्थापनाकालदेखि खटेर लागिपरेको र प्रवासमा रहेका कार्यकर्ताको आवाज लिएर आफू १४ औं महाधिवेशनमा सहभागी हुन केहि दिनमा जान लागेको बताउँदै प्रवासमा रहेका समस्याहरूका बारेमा यस अघि पनि केन्द्रीय नेतृत्वसँग पटक पटक भेटवार्ता गरि अवगत गराएको र महाधिवेशनमा प्रतिनीधि भएर जाँदा पनि प्रवासमा रहेका सबै प्रवासीका समस्या समाधानको लागि पहल गर्ने बताउँदै दशौं वार्षिकोत्सव समारोहको विसर्जन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...