Tuesday 18th August 2026

युएईको ५० औं राष्ट्रिय दिवस, नीजि क्षेत्रमा ३ दिन बिदा


नारायण कोइराला – युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा निजी क्षेत्रमा तीनदिन बिदा परेको छ।यो समयमा मजदुरहरूको खुसी त छ नै।युएई पनि दुलही जस्तै सिँगारिएको छ।शहर देखि लेबर क्याम्पमा सम्म युएईका झण्डाहरु फहराई रहेका छन्।

५०औँ राष्टिय दिवस भएकोले धुमधाम संग मनाउने तयारी छ । जताततै सिँगारिएको यूएईलाई हेर्दा यहाँ काम गर्ने कामदारहरु आफ्नो थकान बिर्सिएर युएईको राष्टिय दिवस मनाउने तयारीमा छन।योजना र कार्यक्रम आफ्नो /आफ्नो अलग भएपनि खुसियाली भने एउटै नै हुनेछ। यसैपनि युएई एउटा सुन्दर सफा र मनमोहक देश हो।मजदुरी गर्ने देखि पर्यटकको रूपमा विश्वभरका मानिसहरू भ्रमण गर्ने गन्तब्य स्थान बन्दै गएको अवस्थामा ५०औं राष्टिय दिवसको तयारी धुमधाम संग हुने नै भयो।

कोरोना संक्रमणको अवस्था यहाँ अहिले सामान्य रहेको कारण पनि मानिसहरूको जमघट बढी रहेको अवस्था छ। यस अर्थले पनि यस पटक युएईले मनाउँदै गरेको ५० औं राष्टिय दिवस खुसियाली र हर्षपूर्ण हुनेछ। रोड गल्लीहरूमा मानिसहरू विच खुसियाली बाँडेको देखिने छ। छतहरुमा झण्डा फहराउने छन्।रातभर खुसियालीमा सबै झुम्ने नै छन।समग्रमा भन्दा युएईको ५०औं राष्टिय दिवसमा युएई बासी र विश्व भरबाट मजदूरी गर्न आएका मजदुर सहभागी हुनेछन्। युएईको प्रगतिको कामना तथा ५०औं राष्टिय दिवसको शुभकामन आदान प्रदान गर्ने छन।

तानसेन पाल्पा।
हाल:युएई


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...