Saturday 4th May 2024

युएईको ५० औं राष्ट्रिय दिवस, नीजि क्षेत्रमा ३ दिन बिदा


नारायण कोइराला – युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा निजी क्षेत्रमा तीनदिन बिदा परेको छ।यो समयमा मजदुरहरूको खुसी त छ नै।युएई पनि दुलही जस्तै सिँगारिएको छ।शहर देखि लेबर क्याम्पमा सम्म युएईका झण्डाहरु फहराई रहेका छन्।

५०औँ राष्टिय दिवस भएकोले धुमधाम संग मनाउने तयारी छ । जताततै सिँगारिएको यूएईलाई हेर्दा यहाँ काम गर्ने कामदारहरु आफ्नो थकान बिर्सिएर युएईको राष्टिय दिवस मनाउने तयारीमा छन।योजना र कार्यक्रम आफ्नो /आफ्नो अलग भएपनि खुसियाली भने एउटै नै हुनेछ। यसैपनि युएई एउटा सुन्दर सफा र मनमोहक देश हो।मजदुरी गर्ने देखि पर्यटकको रूपमा विश्वभरका मानिसहरू भ्रमण गर्ने गन्तब्य स्थान बन्दै गएको अवस्थामा ५०औं राष्टिय दिवसको तयारी धुमधाम संग हुने नै भयो।

कोरोना संक्रमणको अवस्था यहाँ अहिले सामान्य रहेको कारण पनि मानिसहरूको जमघट बढी रहेको अवस्था छ। यस अर्थले पनि यस पटक युएईले मनाउँदै गरेको ५० औं राष्टिय दिवस खुसियाली र हर्षपूर्ण हुनेछ। रोड गल्लीहरूमा मानिसहरू विच खुसियाली बाँडेको देखिने छ। छतहरुमा झण्डा फहराउने छन्।रातभर खुसियालीमा सबै झुम्ने नै छन।समग्रमा भन्दा युएईको ५०औं राष्टिय दिवसमा युएई बासी र विश्व भरबाट मजदूरी गर्न आएका मजदुर सहभागी हुनेछन्। युएईको प्रगतिको कामना तथा ५०औं राष्टिय दिवसको शुभकामन आदान प्रदान गर्ने छन।

तानसेन पाल्पा।
हाल:युएई


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...