Tuesday 10th November 2026

गैरआवासीय नेपाली संघले आगामी २४ डिसेम्बरमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता घलानले बताएका छन। उनले फहाहिल नेपालिहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाइ पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने बताए।

प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र,तेस्रो पुरस्कार प्रमाणपत्र, ट्रोफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाइ नगद २५ कुवेती दिनार, ट्रोफी र प्रमाणपत्र प्रदान गरिनेछ।

गैरआवसीय नेपाली संघले पछिल्लो कार्यकालमा नै भलिबलको आयोजना गर्न सम्पुर्ण तयारी सकेपनी कोरोनाका कारण खेल गराउन सकेको थिएन। कोरोना भाइरसको महामारी सामन्य हुने बित्तिकै २०२१ मा अन्तर नेपाली भलिबल प्रतियोगिता र २०२२ मा अन्तर नेपालि फुटबल प्रतियोगिता सम्पन्न गर्ने उदेश्य सहित आयोजना गर्न लागेको कार्यक्रमका संयोजक नबराज पराजुलीले बताए । उनले उक्त दिन कार्यक्रम नजुधाइ दिनुहुन र कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेका छन्।


सम्बन्धित शीर्षकहरु

१० नोभेम्बर २०२६ | अन्तर्राष्ट्रिय राजनीति / इजरायलमा बेन्जामिन नेतान्याहुको सरकार विस्थापित गर्ने उद्देश्यसहित नयाँ सरकार गठनको प्रयास गरिरहेका पूर्वसैनिक…

कतारका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इरानसम्बन्धी विषयमा गरेको छलफलमा सकारात्मक तथा महत्त्वपूर्ण प्रगति भएको बताएका…

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष…

प्रतिकृयाहरू
...