Friday 24th April 2026

इतिहास र वर्तमानमा नेपाली शासकहरू सम्बन्धमा रामकृष्ण दुवाडीले सिर्जना गरेका टुक्काहरू


१.
ग्वालाहरु शासन गर्थे परापूर्व कालमा ,
लिच्छवि र अंशुबर्मा फिरे मद्धे नेपालमा ।
२.
पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले ,
हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले ।
३.
मध्य पहाड मधेश पूर्व थिए राजा भिन्न
सयाै राज्य कयौं शासक कसले सक्थ्यो चिन्न ।
४.
मल्लकालमा उपत्यका थियोे भरिपूर्ण ,
शाहकालमा एकीकरण भयाे चट्चुर्ण ।
५.
बाइसकाेटे चाैबिसकाेटे मूलुक अलग थियाे ,
नेपाल भन्थे तीन शहरलाई ननिभेकाे दीयाे ।
६.
डाँडै पिच्छे काेट बन्थ्याे मन्दिर मूर्ति जड्थे ,
शिक्षा दीक्षा रजाैटाले एकलाैटी पढ्थे ।
७.
गाउँ पिच्छे राजा हुन्थे तानाबाना बुन्थे ,
कजाएर रैतीलाई अाफू गाना सुन्थे ।
८.
अाठपहरिया सयस् लिई घाेडा सबार गर्ने ,
राजा हिंडदा ख्वामित् सरकार जदाै गर्नु पर्ने ।
९.
शक्तिशाली गाेर्खा राज्य त्यति बेला थियोे ,
एउटै पार्ने भनी अादेश फर्मान दियाे ।
१०.
लमजुङ कास्की पाल्पा हुदै नुवाकोटमा हाने ,
उपत्यका शहर हान्न किर्तिपुरलाई छाने ।
११.
चतुराईले लडाइँ लडे इन्द्रजात्रा पारि ,
नेपाल शहर कब्जा भयाे लिए जिम्मेवारी ।
१२.
सुत्राधार एकताको थिए नारायण,
पुत्र निस्के बहादुर पिता परायण ।
१३.
मेची पारी तिष्टा पुग्याे कब्जा गर्दै जाँदा ,
देहरादुन काँगडामा टेक्थे खाजा खाँदा ।
१४.
विशाल नेपाल अभियानले सार्थकता पायाे ,
अढाईसय वर्ष चल्नेगरि शाहबंश अायाे ।
१५.
जब अायाे जहानियाँ शासन्को बाढी ,
दुनियाँलाई दवाएर घिचे माडीमाडी ।
१६.
खत्तम भयाे राणा शासन् दुई हजार सातमा ,
प्रजातन्त्र अायाे बल्लतल्ल जनताको हातमा ।
१७.
त्यहि शिशु प्रजातन्त्र मास्ने दाउ पाे रचे ,
निरंकुश पञ्चायतकाे हाैदा काँटी जचे ।
१८.
नेता थुने काँङग्रेस र कम्यूनिष्टका सबै ,
महेन्द्रले शासन गरे बाेल्न देनन् कबै ।
१९.
जनताले पञ्चायत ढालिदिए पनि ,
नेताहरु अापसमा कुर्ले ठूलो बनि ।
२०.
द्वन्द्व भयो मुलुकमा हताहती भयाे
पञ्चायत्काे दिन गयाे अवसान भयाे ।
२१.
नयाँ बन्याे संविधान राजा हटाएर
गणतन्त्र ल्यायाैं सब्ले ताली ठटाएर ।
२२.
जनताका छाेरा छाेरी राष्ट्र प्रमुख भाछन् ,
समृद्धि र विकास भनी दिनै घाेक्न लाछन् ।
२३.
न त छाेयाे समृद्धिले नत विकासले
याैटा बिन्दु चुमाेस् चाँडाे स्वच्छ निकासले ।

✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

*** जय टुक्का! जय साहित्य!! ***


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...