Wednesday 14th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला भव्य रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला गत २०७८ मंसिर १ गते भव्य रूपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार गंगा लिगल ज्यूको प्रमुख आतिथ्यमा,कलानिधि दाहाल,खगेन्द्र बस्याल,उर्मिला पन्त ज्यूको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७७ औं श्रृङ्खला १५ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भएको थियो ।

कार्यक्रममा आर्त अकुलिन,शारदा आचार्य,सिर्जना खनाल,लक्ष्मी बस्याल,शुशिला पौडेल,हरि शर्मा पंगेनी,गंगाधर पौडेल,चुडा निर्भिक,यज्ञलाल सुवेदी,लगायत १५ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो । लक्ष्मी बस्याल,शारदा आचार्य,आर्त अकुलिनले खोरिया सुन्दर लयमा वाचन गर्नु भयो प्रमुख अतिथि गंगा लिगल ज्यूले ज्ञान,सत्य र साहित्य अथाह सागर हो । ज्ञान दर्शन हो,अज्ञानताले खराब कुरा गर्छ ।कलमले सत्यलाइ भाषामा लेख्नु पर्छ भन्नु हुँदै चन्द्रागिरिको निरन्तर कार्यक्रमको प्रशंशा गर्नु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहाललेचन्द्रागिरिको कार्यक्रम सभ्य र शिष्ट र शिलशिलावद्ध हुने गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै मुतकारिव बहरमा गजल सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको विश्वास व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूणर् उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...