Sunday 27th September 2026

माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको ९वौं अधिवेशन १९ नोभेम्बरमा हुने


दुइ दशकभन्दा लामो समयदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिवेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेन्टमा हुने भएको छ।

हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका हरेक संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि स-बिनम्र अनुरोध गरेको छ।

कुवेतको नेपाली समाजको पहिलो संस्थाको रूपमा रहेको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले कुवेतमा निकै चर्चित एमबी बमजन फुटबलका अलावा विभिन्न खेलकुद सम्बन्धी गतिविधि गर्दै अाएको छ भने कुवेतमा कृयाशिल अन्य संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ ।

कार्यक्रमको विवरण

मिति: १९ नोभेम्बर २०२१, शुक्रबार
समय: मध्यान्ह १२.०० बजे(उप्रान्त)
स्थान: Chef Naushad Signature Restaurant (सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत)
कार्यक्रम: नवौं महाधिवेशन
आयोजक: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...