Friday 11th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला (गजल विशेष) भव्य रुपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक २४ गते गजल विशेष भव्य रुपमा सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,बरिष्ठ गजलकार डा,नारायण गैरेको प्रमुख आतिथ्यता एबं डा. बम बहादुर थापा,कलानिधि दहाल,गंगा लिगल,जगदीश्वर पोखरेल,पुरुषोत्तम सिग्देल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ७६ औं श्रृङ्खला २१ जना साहित्यकारको सहभागितामा गजल विशेष काव्य श्रृङ्खला सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्ण पन्त,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,शारदा आचार्य,शोभा कडरिया,चन्द्रावती अधिकारी, दुर्गा अधिकारी रिमाल,रेणुका घिमिरे,बिनु बाबा घिमिरे, सरस्वती श्रेष्ठ, सिर्जना खनाल लगायत २१ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना गजल प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि डा,गैरेले मोतिराम पछि निरन्तर बगिरहेको गजल अलिकति व्यक्तिगत प्रचारको दुष्प्रयास देखिन्छ तर गजलको घोषणा पत्रले अब बाटो निस्चित गरेको महसुस भएको बताउनु हुँदै लेखकमा साधना अनिवार्य आबस्यकता हो समय नदिने हो भने मैदान छोडे हुन्छ भन्नु हुँदै चन्द्रागिरिको कार्यक्रम सिलसिला,शिष्ट र सभ्य हुने रहेछ भनी प्रशंसा गर्नु हुँदै चङ्गा थिएँ गगनको धागो चुँडेर रोएँ ,सुन्दर गजल सुनाउनु भयो भने डा.बम बहादुर थापा बहरमा नभएको गजल गध्य कविता जस्तै लाग्दो रहेछ भन्नु हुँदै रचना सुनाउनु भयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै छठी पर्व विशेष खोरियाबाट सम्बोधन गरि गजल सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको विश्वास व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूणर् उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...