Wednesday 24th December 2025

कुवेतको विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको ५ दिनमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन


तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन

गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन।

त्यसपछि गत २४ तारिक आइतबारदेखि कुवेत विमानस्थलको पूर्ण सञ्चालन भइरहेको छ । यसैबीच, आइतबारदेखि पछिल्लो एक हप्तामा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ६५ हजार बढ़ीले यात्रा गरेका हुन।

जानकारी अनुसार कुवेत विमानस्थलबाट २८ हजार २ सय २८ जना कुवेत भित्रीएका छन भने, ३१ हजार ५१६ जना कुवेतबाट बाहिरीएका छन् त्यस्तै करिब ५ हजार १५ यात्रुले ट्रान्जिटका रूपमा विमानस्थल प्रयोग गरेका छन ।

आक्टोबर महीनाको अन्तिम दिनमा २६० आगमन र २६१ प्रस्थान गरी कुल प्रस्थान र आगमन उडान ५२१ पुगेको छ । यात्रुको आवश्यकता अनुसार सबै एयरलाइन्सका लागि नियमित व्यावसायिक उडान सञ्चालन गर्ने क्रम क्रमशः बढ्दै गएको छ । स्वास्थ्य आवश्यकताहरू अझै पनि ठाउँमा छन्, र आगमन र प्रस्थानका लागि यात्रा प्रक्रियाहरूमा कुनै परिवर्तन भएको छैन।

कोरोना कहरका कारण डेढ वर्षपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आंशिक रूपमा व्यावसायिक हवाई यातायात पूर्ण क्षमताका साथ सञ्चालनमा आएका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...