Friday 11th September 2026

अफगानिस्तानमा सैनिक अस्पतालमा विस्फोट, १९ जनाको मृत्यु


तीतोपाटी – अफगानिस्तानको राजधानी काबुल स्थित सैनिक अस्पतालमा विस्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा हुँदा १९ जनाको मृत्यु हुनुको साथै ४३ भन्दा बढी घाइते भएका छन्। राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार दिउँसो दुईवटा विस्फोट भएको थियो।

विस्फोटमा परि करिब १९ जनाको मृत्यु भएको र ४३ भन्दा बढी घाइते भएको काबुलस्थित आन्तरिक मामला मन्त्रालय स्रोतले बताएको अलजजिराले जनाएको छ। सो अस्पतालमा हवाई फायरसँगै विस्फोट गरिएको अफगान सरकारका सह प्रवक्ता बिलाल कारिमीले बताएका छन्। यद्यपि, घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन नसकेको उनले जनाएका छन्। उनका अनुसार अफगानिस्तानकै ठूलो ४ सय शैया भएको मोहम्मद दाउद खान सैनिक अस्पतालको प्रवेशद्धारमा दुईवटा विस्फोट गरिएको छ।

अफगानिस्तानमा मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि सशस्त्र स्लामिक स्टेटका लडाकुले आक्रमण तीव्र पारेका छन् । आज भएको विस्फोटमा अहिलेसम्म कसैले जिम्मेवारी नलिए पनि स्लामिक स्टेटका लडाकुहरूले नै गराएको अनुमान गरिएको छ । यसअघि काबुल विमानस्थल लगायत विभिन्न स्थानमा भएका विस्फोटमा परी १ सयभन्दा धेरैले ज्यान गुमाएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...