Thursday 11th June 2026

छोटो काथ : ‘बीसको मूल्य’ -मनबहादुर खत्री ‘मनु’


कुरा २०४५ सालतिरको हो । असिम कक्षा १ मा पढ्थ्यो । ऊ पढ्नको लागि घरदेखि सिधै पारी पर्ने पेँगाको स्कुलमा जान्थ्यो । स्कुल जानको लागि असिम घरदेखि निस्तीसम्म ठाडै ओरालो झरेर एक्लेखेतको पुल तरेपछि फेरी ठाडै उकालो चढ्नु पर्थ्यो चारपाँच कक्षामा पढ्ने दाइहरुसँग ।
पुस महिनाको दिन थियो । चिसोले दारी काप्थ्यो । डम्म लोगेको कुहिरोले बाटो देख्न पनि गाह्रो थियो । त्यसमाथी पानी परेजस्तै लाग्ने शीतका थोपाले एकसरो पोलिष्टरको कमिज र डबलनेटको जाँगे लिछिप्पै भिजाएको थियो । सबै स्कुलेका ओठ चिसोले निलो भएका थिए । खाली पैतला काँडा बिज्दा नि थाहा नपाउने भैसेका थिए । तैपनि गफगाफ गर्दै चिसोसँगै जुध्दै उनीहरु सालघारीको उकालोमा घुमाराबाटा भन्दा अलिमाथी निस्कदै थिए । हात तातो पार्नको लागि कोही मुखमा जोडेर हात फुक्दै त कोही हातमा हात रगड्दै अनि कोही जाँगेको खल्तीमा हात राखेर उकालो निस्कदै थिए । स्कुल पुगेपछि मात्र घामको मुख देख्न पाइने भएकाले हस्याङ्फस्याङ् गर्दै दगुर्दै थिए स्कूलेहरु ।
असिम खासै हिड्न नसक्ने भएकोले अलि पछी थियो । उसको अगाडी पाँचसात जना स्कुलेहरु कुदिरहेका थिए । तेर्साबाटा पुग्दा असिमले बाटोको छेउमा शीतले लुछुप्प भिजेको केही रातो–रातो चीज देख्यो र टिप्यो । नेपाली बीस रुपैयाँको नोट रहेछ । उसले खुशी हुँदै भन्यो, ‘आफूले त पैसा भेटाइयो ।’
सबै स्कुलेहरु खै–खै भन्दै ग्रुप्प भए । हिड्न नसकेनी केटाका आँखा त तिखा रहेछन् भन्दै फुर्से दर्गुदै आयो । पैसा भेटाउने बानी लागेर पो पछाडी लुरुलुरु हिड्दो रहेछ यो भन्दै दलेले जिस्कायो । बीरेले स्कुल पुगेपछि बर्फी किनी सबैले बाँडेर खाने प्रस्ताब राख्यो । त्यतिबेला एकबीसा भनेको धेरै नै मानिन्थ्यो । भेटाको माल गोजाभित्र हाल भन्दै असिमले नोट गोजीमा राखेर बाटो लाग्यो ।
पारी गाउँको धने ४ कक्षामा पढ्थ्यो । त्यो जमानामा स्कुलको नजिक दोकान नभएकोले झोलामा बर्फीको पोको पनि सँगै लिएर आउँथ्यो ऊ । स्कुलेहरु धनेलाई भेटेर बर्फीखाने दाउमा असिमलाई पालैपालो ढाडमा बोकेर स्कुल कुँदे ।


सम्बन्धित शीर्षकहरु

२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ…

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

प्रतिकृयाहरू
...