Wednesday 4th June 2025

सार्वजनिक भयो ‘साधनाको स्वर्ण वर्ष’

तीतोपाटी डटकम-बोस्टन अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति शनिबार सार्वजनिक भएको छ ।

अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ‘ अनेसास संवाद’ को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय दृष्टिकोण राखेका थिए भने सम्पादकद्वय असफल गौतम र कल्याण पन्तले सम्पादकीय गर्भ र गर्वका कुरा राखेका थिए ।

कृतिका मूल व्यक्तित्व मुक्तकमणि तीर्थराज अधिकारीले सबैलाई धन्यवाद ज्ञापनगर्दै कृति प्रकाशनमा अनेसासले गरेको कार्यको प्रशंसा व्यक्त गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा साहित्यकार होमनाथ सुवेदी, मोहन सिटौला, पुरु सुवेदी, राजेन्द्र श्रेष्ठ, कृष्ण गिरी, विश्वराज अधिकारी, खगेन्द्र अधिकारी, रोहिणी शर्मा, भोजराज न्यौपाने, राजेन्द्रप्रसाद अर्याल, राम लामा अविनाशी, शकुन ज्ञवाली, कल्पना तामाङ, यमबहादुर पौडेल, दिव्य गिरी,नीलकण्ठ सुवेदी, स्पन्दन विनोद,देवेन्द्र केसी, शान्ता घिमिरे अधिकारी, विष्णुहरि तिमल्सिना, यादव भट्टराई, चन्द्र खड्का, पवनकुमार बुढाथोकी, दुर्गा शाह बाबा, प्रमोद सारंग, तारा अधिकारी, युवराज मैनाली, अनिल कोइराला, निजानन्द मल्ल, पुष्पा खनाल, चूडामणि खनाल,रामप्रसाद नेपाल, प्रवीण अधिकारी गोवर्द्धन पूजालगायतको मन्तव्य र सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन अनेसासका केन्द्रीय महासचिव सर्वज्ञ वाग्लेले गरेका थिए ।सात खण्डमा विभक्त उक्त कृति ४ सय ८० पृष्ठको छ ।

सम्बन्धित शीर्षकहरु

घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले…

आईपियल २०२५  पंजाव  किंसलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरुले  पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास रचेको छ। मंगलबार सम्पन्न आइपिएल २०२५…

३१ मे २०२५ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर…

प्रतिकृयाहरू
...