Sunday 21st June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७४ औं काव्य श्रृङ्खला भव्य रुपमा सम्पन्न


सुधा बास्कोटा – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७४ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक १० गते स्वतन्त्र काव्य विधामा भव्य रुपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा,बरिष्ठ साहित्यकार ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणीराज सिंहको प्रमुख आतिथ्यता,गंगा लिगल,ललिता दोषी,भावना खनाल,निर्मल पराजुली,खगेन्द्र वस्याल,लक्ष्मीप्रसाद मिश्रको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७३ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भयो ।

७४ औं काव्य श्रृङ्खला उर्मिला पन्त,आर्त अकुलीन,चुडा निर्भिक,शारदा आचार्य,दीर्घ बहादुर चन्द,चन्द्रावतीअधिकारी,दुर्गा अधिकारी रिमाल,रिता खतिवडा, संगिता ठाकुर,सोम लुइटेल,विमला ढकाल,इन्दिरा ज्ञवली,उत्तम भेटवाल लगायत २२ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना वाचन गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि मणीराज सिंहले चन्द्रागिरि साहित्य प्रतिष्ठानको नियमित श्रृङ्खला जनार्दन जीको यो मिहिनत ज्यादै लोभ लाग्दो लागिरहेछ ।विश्व नेपाली साहित्य प्रतिष्ठान पनि हाँकीरहनु भएकोछ । ज्योति साहित्य प्रतिष्ठानमा पनि हामी सँगै छौं भन्नुहुँदै कविता लेखेर मात्र हुँदैन,लेख्दैमा कविता हुँदैन ।मेरो कविता कति कलात्मक भयो विचार गर्नु पर्छ ।बिम्ब र अलंकार नभए कविता कलात्मक हुँदैन भन्नु हुँदै मुटु भित्र देश शीर्षकको कविता सुनाउनु भयो ।
नयाँ कविता उपविधा आगो दीर्घ बहादुर चन्दले सैद्धान्तिक अबधारणा प्रस्तुत गर्दै मुक्त आगो,गजआगो सुनाउनु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको विश्वास व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...