Wednesday 8th April 2026

टुक्काकार ईशहाक हुसैनका आठ टुक्का कविताहरू


(१)
ईश्वर कै श्रृष्टी श्रृजना यो संसार
देखाउ मलाई मेरो भन्ने आधार।
(२)
भन के यो बोको प्राणी हो हाम्रो श्रृष्टी ?
म त भन्छु हो यो हाम्रो अदुर दृष्टी।
(३)
बलिदान पुजा गर्नुमा भए स्वार्थ
मेरो बिचारमा हुन्न धर्म किमार्थ।
(४)
संसारमा एक पुजा हो प्रेम धर्म
यही एक सत्य मानविय हो कर्म।
(५)
मेरो श्रृष्टी श्रृजना स्तुति हो यो गान
ईश्वर पुजा हो मान चाहे न मान।
(६)
ईश्वरकै श्रृष्टी ईश्वरलाई चढाई
खै कसरी गरुँ म ? यो कुराको बढाई।
(७)
मेरो भन्ने कुरा मेरै काव्य रचना
यो नै जिवनको हो अमूल्य गहना।
(८)
सोचिरहेको छु मान्छे किन नादान
बुझ पचाएर जानेर नि अन्जान।

✍️ ईशहाक हुसैन
सिमरा बारा
हाल : बुटवल फूलवारी, रुपन्देही

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...