Thursday 28th March 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०३ मा लेखिएका ७ स्रष्टाका पञ्चाङ्गहरू


पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०३
——————————————–
“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- समपञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०७ / ०४
………………………………………….
प्रशिक्षक:-तिलक प्रसाद लुइटेल
सोमनाथ लुइटेल “रवि पाल्पाली”

भाषा शुद्धीकरण सुझाव :-
सुशिला पौडेल
सविता के.सी.
तोयानाथ सुवेदी

संकलक :-
सविता के.सी. ,
सुशीला पौडेल,

सहजकर्ता :-
रामराजा के. सी.

======================
अक्षर संख्या १४ र १६ दिएको अनुप्रास र स्थायीमा लेखिएको पञ्चाङ्गहरु ।

पञ्चाङ्ग : १
+++++


आजभोलि किन हो किन टेर्नु हुँदैन ।
सोझो नयनले आखिर हेर्नु हुँदैन ।
मौसम र मानिस किन बदलिएछन्,
हो सोझो पाएँ भनिकन घेर्नु हुँदैन ।
सत्य कसम आफ्नो बोली फेर्नु हुँदैन ।


मेरो गोरेटो सुन्दर बाटो हेरेर राख्नु है ‌
मलाई भनी राखेको माया खेरेर राख्नु है ।
मानिस भन्नु पीडाको घर बनेको छ आज,
हाँसो र खुसी साँटेको चित्र केरेर राख्नु है ‌।
थाहै नदिई मुटुको कुना बेरेर राख्नु है ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग २


मन दु:खेको बेला किन हेर्न हुँदैन
तनाब पर्दाखेरी कैले घेर्न हुँदैन
जस्तो चल्छ चल्न देउ समयले गर्छ
आश्वासन दिएर बोली फेर्न हुँदैन
आर्काको जानेपछी वस्तु खेर्न हुँदैन ।


राम्रो नराम्रो सदैब वस्तु हेरेर राख्नु है
नमिलेको भएदेखि सधैं फेरेर राख्नु है
चाहिने केहो बुझ्नु पर्छ फाइदा हुने जति
चल – अचल सबै कुरा त खेरेर राख्नु है
आफूबाट नै नजाओस् भन्न बेरेर राख्नु है ।

-सोमनाथ लुइटेल ” रवि पाल्पाली “

पञ्चाङ्ग ३

नराम्रा ति आदतहरू फेर्नु मायाले ।
माया घोलि मुस्कान छर्दै हेर्नु मायाले।
एक अर्कोको सहारा जिवन जिउने
स्नेह भरिको अंगालोमा बेर्नु मायाले।
भूल चुक केही भएमा केर्नु मायाले।


मायाको फूलबारी तिम्रै हो घेरेर राख्नु है।
वैलिन सक्छ चर्को घाममा बेरेर राख्नु है।
मायाको संसार बिचित्रको बुझ्न कठीन छ
नजर फेर्न सक्छन् प्रदेशी केरेर राख्नु है।
जुनि भरी तिम्रै हुन पाउ हेरेर राख्नु है।

-लक्ष्मी बस्याल बर्दिया

पञ्चाङ्ग ४


बुढा बुबा अामाको कुरा टेर्नु पर्नेछ।
अाफ्नो जिन्दगीलाई पनि फेर्नु पर्नेछ।।
एक्लो जिन्दगी काट्नु हुँदो रहेछ गाह्रो।
गाउँतिर कसैको छोरी हेर्नू पर्नेछ।।
मिल्दो खोजी गरि जज्ञमा घेर्नु पर्नेछ।।


पठाएको छु तिम्रो पार्शल हेरेर राख्नु है?
त्यो सामान अाफ्नो होकी हैन खेरेर राख्नु है?
बुढा बुढी बुवा अामा राम्रो ख्याल गरि
बस्नु।
भएका करेसा वारि सबै घेरेर राख्नु है?
फुलेका ती फुल हरुलाई घेरेर राख्नु है?

-लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

पञ्चाङ्ग ५


भित्राउने वाली बगाउँदा हेरेर बस्नु पर्ने भो।
खाने अन्न बगाउँदा सास फेरेर बस्नु पर्ने भो।
प्रकृतिको यो ताण्डव नृत्यले हामी मानिसलाई,
सधैं भरि पीडै पीडाले नै घेरेर बस्नु पर्ने भो।
केही गर्न नसक्नेले शब्द केरेर बस्नु पर्ने भो।


जिन्दगीका पानाहरु फेर्नु छ मलाई।
तिमीलाई अँगालोमा बेर्नु छ मलाई।
दुःख,सुखमा सधैं साथ दिनको लागि,
आफ्नो भाग्य आफैले नै केर्नु छ मलाई।
भगवान साक्षी राखी घेर्नु छ मलाई।

-सुशिला पौडेल, काठमाडौं

पञ्चाङ्ग ६

आफूभन्दा माथिका वचन टेर्नु पर्छ ।
आफ्नालाई मायामा चपक्क बेर्नु पर्छ।
अनुशासन मान्छे बाँच्न सिकाउने हाे
आफ्नै भए नि हाेचि अर्घेलि हेर्नू पर्छ ।
सत्य भए ठिक् नत्र कागज फेर्नु पर्छ ।

-मधुसूदनप्रसाद घिमिरे, काठमाडौं

पञ्चाङ्ग ७

दुईचार वचन आफू टेर्नु तिमीले
दुनियाँको दुःखद व्यथा हेर्नू तिमीले
आफ्ना देखे सबै आफ्ना पराय नदेख्नू
संसार आफ्नै अङ्गालोमा बेर्नू तिमीले
आनन्दको श्वास सुखको फेर्नु तिमीले ।


प्रकृतिको सुन्दर फूल त्यो हेरेर राख्नु है
काँडेतार, बाँसको बारले घेरेर राख्नु है
बाहिर मात्र हैन दिबुल राम्रो हुनुपर्छ
अर्को साल चाहिन्छ बीज त्यो फेरेर राख्नु है
घुन पुतलीबाट रक्षार्थ बेरेर राख्नु है ।

-सविता के.सी. काठमाडौं


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...