Monday 9th March 2026

रूपा गौतमका तिहार विशेष मनमोहक जुनेलीहरू


(१)
दशै त
गयो
ठिकै नै
भयो
(२)
तिहार
आयो
खुशीले
छायो
(३)
तिहार
राम्रो
भाइ छ
हाम्रो
(४)
गाउला
गीत
नाचौंला
नित
(५)
देउसी
भैलो
फालेर
मैलो
(६)
तताई
तेल
पकाई
सेल
(७)
मिठाइँ
मेवा
सबैका
पेवा
(८)
बालेर
दियो
आशिष
लियो
(९)
देउसी
खेल्दै
हिडिन्छ
पेल्दै
(१०)
पुरानो
रीति
बस्याछ
थिती
(११)
आैंसीको
रात
भेलिको
साथ
(१२)
लगाई
माला
के होला
चाला
(१३)
मिष्ठान
खाइ
दाजु र
भाइ
(१४)
भाइको
माथ
दिदीको
हात
(१५)
निधार
भरी
थरी न
थरी
(१६)
आशिष
दिदै
दान जो
लिदै
(१७)
अपार
माया
दायाँ र
बायाँ
(१८)
कटुस
टोक्दै
चिसोले
खोक्दै
(१९)
ओखर
काजु
भाइ र
दाजु
(२०)
पिङ त्यो
खेल्दै
ठेल्दै र
पेल्दै
(२१)
आैंसीको
रात
सबैको
साथ
(२२)
देउसी
भैली
थापेर
थैली
(२३)
खुजुरा
पैसा
होस्टे र
हैंसा
(२४)
खुशीले
झुम्नु
मायाले
चुम्नु

-रूपा गौतम, निजगढ, बारा


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...