Sunday 28th November 2021

टहल आचार्यको गजल सङ्ग्रह – २७


गजल
###
पात्तिएर बिष भाङ हरीतालै खाको देख्दा ,
के भन्नू खै तिमीलाई कुख्रे बैँस आको देख्दा ।

रोक्न थेग्न नसकेर काम बासनाको हुरी ,
दाम्लै सम्म चुँडाएर चरनमा गाको देख्दा ।

जो भएनी मतलव नाई दुई खुट्टा उभिएको ,
जुनेलीको छाँयासँग मदहोशी भाको देख्दा ।

हाऊ भाऊ फुर्ती फार्ती खुबै स्याईँ लगाएर ,
रोजीछाडी अरुसँगै नातासाईनो लाको देख्दा ।

ईर्श्या डाहा लागेसँगै लोभी पापी बनाउने ,
काँडाभित्र फूलको त्यो जिन्दगी पाको देख्दा ।

-टहल आचार्य


Loading...
सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्। कोरोनाको नयाँ भेरियन्ट…

जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७…

१)कतै हेर्छ आँखा कतै खुल्छ नानी कतै हुन्छ अन्धो कतै बेइमानी कसैको छ भाका कसैको छ साझा।। २ )कतै हुन्छ…

प्रतिकृयाहरू