Friday 7th August 2026

लघुकथाः “अघोषित प्रेम” -पुष्पा नेपाल (सुवेदी)


दुर्गम पहाड,चारगाउँको विचमा हुन्थ्यो एउटा माध्यमिक विद्यालय।आजभन्दा करिब २०/२५ वर्ष अगाडिको कुरा हो।ईश्वर र तारालाई भेट्टाएको थियो यहीँ माध्यमिक विद्यालयले।

शुरुशुरुमा उनीहरू अन्जान र अपरिचित रहेपनि दुवै पढ्नमा मेहनती र मेधावी भएकाले छिट्टै उनीहरू साथी भएका थिए।ईश्वर समझदार थियो भने तारा अलिसानी ,चञ्चल,स-सानो कुरामा झगडा गरिहाल्ने र मिलिहाल्ने पनि।जब उनीहरूको मित्रता गाढा हुँदै गयो तब ईश्वरले तारालाई चिढाउन “बारुली” नाम राखिदियो।जब एक्लै तारालाई पाउँथ्यो त्यतिबेला बारुली भनेर बोलाउँथ्यो अनि शुरु हुन्थ्यो झगडा ।
जतिकक्षा र वर्षहरू बढ्दै गयो उनीहरूको मित्रता पनि झाँगिदै गयो मानौ उनीहरू एकअर्काका पर्याय नै थिए।विद्यालय विदाको समयमा पनि उनीहरू पत्र आदान प्रदान गरिरहन्थे।जब उनीहरूले एसएलसी पास गरे अनि छुट्टियो उनीहरूको दोबाटो र आ-आफ्नो गन्तव्यतिर लागे उच्च शिक्षाका लागि।

ताराले ईश्वरलाई खुबै याद गर्थीअथवा उस्लाई प्रेम गर्न थालीसकेकी थिई र ऊ सोच्थी पक्का ईश्वरले पनि उस्लाई प्रेम गर्छ। जब एकवर्षपछि उनीहरूको भेट भयो ईश्वर पहिलेजस्तो पटक्कै थिएन।त्यतिलामो समयपछि भेटहुँदा पनि ऊ तारासँग राम्ररी बोलेन।ताराले सोध्ने कोसिस गरिरही तर ऊ तर्कीरह्यो।ताराभने आँसुमा पोखिइरही निकै लामो समयसम्म ।समयले ताराको घाउमा मल्हम लगाइदियो।त्यसो त उस्ले कहिले ईश्वरलाई बिर्सन सकिन।उस्ले पढाइ सकेर आफ्नो छुट्टै संसार बसाई र एउटा प्रोजेक्टमा प्रतिष्ठत पदमा जागिर शुरु गरि।एकदिन ताराको अर्कै जिल्लामा सरुवा भयो ।ऊ जुन अफिसमा पुगी,त्यहाँ ईश्वर पहिलेदेखि नै काम गर्थ्यो।एकअर्कालाई भेटेर दुवै खुशी भए ।तर नयाँठाउँ भएकोले तारा अलि असमञ्जसमा थिई।ईश्वरले भन्यो चिन्ता नमान,तिमीलाई म पूरा साथ दिनेछु।ताराले भने अतीत सम्झी र मनमनै भनी”मेरो साँचो र निर्मल प्रेम त टुक्राउनेले दिनेसाथ कस्तो होला ”
ईश्वरले ताराको मनको कुरा बुझे झैँ गरि भन्यो “मेरी बारुली हाम्रो त्यो प्रेम अपरिपक्व र अघोषित थियो त्यसैले पूरा गर्न सकिन तर यो कार्यक्षेत्रमा साथदिन्छु भनेर वाचा गरिसके ,अवश्य पूरा गर्नेछु।तारा भने न हाँस्न सकी न रुन नै।

पुष्पा नेपाल (सुवेदी)
इलाम


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...